
काठमाडौँ , मङ्सिर २० । काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज९विहीबार०को पहिलो खेलमा पोखरा एभेन्जर्सले दोस्रो हार व्यहोर्नु परेको छ ।
जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरले १७।१ ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएर जित हासिल गरेको हो ।पोखराले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको लक्ष्य दिएको थियो ।
जनकपुरले लगातार तीन खेलमा विजयी हासिल गरेको छ भने पोखराको यो दास्रो हार हो । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे