
काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज गरिने पत्रकार सम्मेलन सबैले हेर्न आग्रह गरेका छन् ।
लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफुले सिधा कुरा नगरेको धेरै भएको भन्दै आजको पत्रकार सम्मेलन सबैले हेर्न बताएका छन् ।
उनले लेखेका छन्, “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।”
नागरिकता प्रकरणपछि सर्वोच्च अदालतको फैसलाले सांसद र उपप्रधान तथा गृहमन्त्री पद गुमाएका उनी गैरसांसदका रुपमा पुन गृहमन्त्री बनाउनुपर्ने भन्दै दौडधुपमा रहेका बेला व्यापक आलोचना हुन थालेपछि केही दिनदेखि सामाजिक सञ्जालमार्फत चेतावनी दिइरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे