
काठमाडौं , जेठ ६। जनमत पार्टीका अध्यक्ष डा।सीके ( चन्द्रकान्त ) राउतले संसद रंगमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् ।
आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए ।
उनले भने,‘ मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद रंगमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट्टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन् जस्तो लाग्छ । छानविन त अरु जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन् ।’
उनले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठूला – ठूला पार्टी कुस्ती खेलेर बस्दा आफूहरु भने अप्ठारोमा परेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे