
एजेन्सी । गाजा सिटी – इजरायली सेनाले गाजाको राफा क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना फिलिस्तीनीको मृत्यु भएको छ। राफा क्षेत्रलाई इजरायलले केही समयअघि सुरक्षित क्षेत्रू घोषणा गरेको थियो, तर त्यही क्षेत्रमा पुनः आक्रमण हुँदा स्थानीयबासी त्रसित भएका छन्।
स्थानीय स्वास्थ्य अधिकारीका अनुसार मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। कैयौं घाइतेको अवस्था गम्भीर छ र उनीहरूको उपचार कठिन अवस्थामा भइरहेको छ। इजरायली सेनाले हमास लडाकूविरुद्ध लक्षित कारबाही गरेको दाबी गरे पनि स्थानीय बासिन्दाले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्।
संयुक्त राष्ट्रसंघलगायत मानव अधिकारवादी संस्थाहरूले गाजाको राफा क्षेत्रमा भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। इजरायली आक्रमणले मानविय संकट झनै गहिरो बनाएको भन्दै युद्धविरामको माग बढ्दो छ।
गत अक्टोबर महिनादेखि सुरु भएको गाजा युद्धमा हालसम्म ३५ हजारभन्दा बढी फिलिस्तीनीको ज्यान गइसकेको छ। लाखौँ मानिस विस्थापित भइसकेका छन्। इजरायली प्रधानमन्त्री नेतान्याहूले भने ‘हामास पूर्ण रूपमा समाप्त नभएसम्म’ कारबाही जारी राख्ने बताएका छन्। गाजावासी अहिले अत्यन्तै कठिन परिस्थितिमा बाँचिरहेका छन्, जहाँ न सुरक्षित स्थान बाँकी छ न खानेपानी, औषधि र राहत पुग्ने अवस्था रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे