
एजेन्सी । इजरायली सेनाले लेबनानमा ब्यापक हवाई हमला गरेको छ । लेबनानले इजरायलमा रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरेको हो । यस हमलाले लेबनान र इजरायलको सीमा नजिकको क्षेत्रलाई प्रभावित पारेको छ। इजरायली हवाई सेनाले लेबनानको केही सैन्य प्रतिष्ठान र हिज्बुल्लाहका ठिकाणामा आक्रमण गरेको जनाएको छ।
गत नोभेम्बरमा युद्धविराम लागू भएपछिको यो सबैभन्दा ठुलो हवाई हमला भएको हो । इजरायलले दक्षिणी लेबनानमा इरान समर्थित मिलिशिया र राजनीतिक समूह हिजबुल्लाहसँग सम्बन्धित दर्जनौं रकेट लन्चर प्रहार गरेको छ ।स्थानीय अधिकारीहरूले २४ मार्चको बिहान हवाई हमलामा लेबनानको दक्षिणी प्रान्तमा ठूलो क्षति पुगेको बताएका छन्। यद्यपि, इजरायली सरकारको तर्फबाट यस हमलाबारे कुनै आधिकारिक विवरण जारी गरिएको छैन।
लेबनानका नागरिक र आपतकालीन सेवा प्राधिकरणका अनुसार, हमलामा घाइते भएका व्यक्तिहरूको संख्या बढ्न सक्ने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे