
तेहरान, आइआरएनए (एजेन्सी) । इजरायलले इरानी भूमिमाथि शुक्रबार राति गरेको हवाई आक्रमणपछि इरानको इस्लामी गणतन्त्र सशस्त्र बलको महासेनापतिले इजरायललाई कठोर प्रतिशोधको चेतावनी दिएका छन्।
इरानका सर्वोच्च नेता आयतोल्लाह सैयद अली खमेनेईले हमलाको जवाफमा दिएको सन्देश उद्धृत गर्दै सेनाले भनेको छ, “सशस्त्र बलले नेताको आदेशअनुसार यति कठोर जवाफ दिनेछ, जसले इजरायललाई आफ्नो आक्रमणप्रति गहिरो पश्चाताप गराउनेछ।”
इजरायली सेनाले राजधानी तेहरानसहित इरानका विभिन्न शहरहरूमा लक्षित हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा बासस्थानहरूमा क्षति पुगेको देखिएको छ भने, केही स्थानमा महिलाहरू र बालबालिकाको शव फेला परेको इरानको सरकारी टेलिभिजनले जनाएको छ।
उक्त आक्रमणमा इरानका प्रमुख सैन्य अधिकारीहरू – सशस्त्र बलका प्रमुख महासेनापति मेजर जनरल मोहम्मद बाघेरी, इस्लामिक रिभोल्युसन गार्ड्स कोर्प्स (IRGC) का प्रमुख कमान्डर मेजर जनरल होसेन सलामी लगायत अन्य सैन्य र नागरिक अधिकारीहरूको हत्या भएको पुष्टि गरिएको छ।
इरानले हालै भएको घटनालाई राष्ट्रमाथिको सीधा आक्रमणको संज्ञा दिँदै यसको जवाब रणनीतिक र निर्णायक हुने बताएको छ। घटनाले पश्चिम एसियामा क्षेत्रीय तनाव अझ चर्किने संकेत दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे