
काठमाडौँ । गाजामा तीन हप्ताभन्दा कम समयअघि लागू भएको युद्धविराम फेरि कमजोर बन्दै गएको छ। इजरायल र हमास दुबै पक्षले एकअर्कामाथि युद्धविराम तोडेको आरोप लगाएका छन्। त्यसपछि इजरायलले सोमबार नयाँ हवाई आक्रमणहरू सुरु गरेको हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ती आक्रमणको आदेश दिएका थिए। उनको कार्यालयले हमासले फिर्ता गरेको कफिनमा नयाँ बन्धकको शव नभई पहिले नै फेला परेका इजरायली सैनिक ओफिर जारफतीको अवशेष रहेको बताएको थियो। यसपछि इजरायलले आक्रमण गरेपछि गाजामा नौ जनाको मृत्यु भएको जनाइएको छ, जसमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन्।
हमासले भने इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेकाले अर्को बन्धकको शव फिर्ता गर्ने योजना रोकिएको बताएको छ। सम्झौताअनुसार हमासले सबै इजरायली बन्धकका शव फिर्ता गर्नुपर्ने थियो। तर अहिले पनि १३ जनाका शव गाजामै फसेका छन्।
अमेरिकाले भने युद्धविराम अझै कायम रहेको तर स्थिति अत्यन्त नाजुक भएको बताएको छ। नेतान्याहूले हमासले गलत शव फिर्ता गरेर सम्झौतामाथि धोका दिएको आरोप लगाएका छन्। हमासको भनाइमा भने, गाजाको विनाश यति ठूलो छ कि शव फेला पार्न कठिन भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे