
एजेन्सी । इजरायलले इरानमाथि ठूलो हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायलले करिब ६० वटा लडाकु विमान प्रयोग गरी इरानका विभिन्न लक्ष्यहरूमा आक्रमण गरेको हो।
यो आक्रमण इरानको सैन्य र आणविक गतिविधिमा केन्द्रित रहेको बताइएको छ। इजरायली सेनाले भने आधिकारिक रूपमा यसको पुष्टि नगरे पनि विभिन्न स्रोतहरूले आक्रमणलाई “पूर्वनियोजित र लक्षित कारवाही” बताएका छन्।
हालै इरानले इजरायलतर्फ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसपछि दुई देशबीचको तनाव चुलिएको हो। इजरायलको यो जवाफी कारवाही भएको बताइएको छ।
इरानले भने आफ्ना सैन्य संयन्त्र सुरक्षित रहेको र इजरायली आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ। तेहरानस्थित अधिकारीहरूले यो आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै निन्दा गरेका छन्।
यस घटनापछि मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको छ। विश्व शक्तिहरूले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। युद्धको खतरा बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय समुदाय चनाखो बनेको छ। यो आक्रमणले इजरायल–इरान सम्बन्धमा झनै कटुता ल्याउने संकेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे