
काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो ।
आक्रमण पश्चात आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”
आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ । इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे