• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

३ घण्टा अघि
२

ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण

४ घण्टा अघि
३

विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

५ घण्टा अघि
४

पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी

५ घण्टा अघि
५

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

२१ घण्टा अघि
६

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

२२ घण्टा अघि
७

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

१ दिन अघि
८

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

१ दिन अघि
९

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

१ दिन अघि
१०

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

१ दिन अघि
११

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

१ दिन अघि
१२

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (३ साल अघि)

स्थानीय तहको चुनावमा फेरि वामपन्थी एकता सम्भव छ ?

  • 2,226 Views
  • काठमाडौं, ९ चैत । स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी रहँदा वामपन्थी दलहरुबीचको गठबन्धन वा एकताबारे बहस चर्किएको छ ।

    गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । प्रतिनिधि सभा र प्रदेश सभा अघि एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन गर्दै चुनावमा लड्ने र पछि पार्टी एकता गर्ने निर्णयसँगै उक्त गठबन्धनले करिब दुई तिहाई सिटमा जीत हात पारेको थियो ।

    बढीमा एक वर्ष सरकार फेरिने अस्थिर राजनीतिक परिपाटीलाई व्यहोरीरहेका मतदाताले स्थीरताको कामनासहित वामपन्थी गठबन्धनलाई मत दिएका थिए ।

    पाँच वर्ष सरकार सञ्चालन हुने र देशमा स्थीरताका साथ विकास हुने नारा दिएर मत लिएको वाम गठबन्धनका दलहरुबीच एकता हुँदै शक्तिशाली कम्युनिस्ट पार्टी गठन भएको थियो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठनपछि पाँच वर्ष प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सत्ता बाहिर पुगेको थियो । तर, नेकपाका नेताहरुबीचको विवादका कारण कमजोर बनेको कांग्रेसको नेतृत्वमा सत्ता पुगेको छ । हतारमा वाम पार्टीबीच गरिएको एकतालाई सर्वोच्च अदालतले एकता पूर्वको अवस्थामा पुर्‍याइदिएको थियो ।

    तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीचको विवादले नेकपा विभाजनको संघारमा पुगेको बेला अदालतको फैसला आएको थियो ।

    नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा पुगे पनि संसदको ठूलो दल नेकपा एमाले रहेको थियो । तर, एमाले सग्लो रहन सकेन ।

    पार्टी भित्रको विवाद चर्किँदै जाँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि माधवकुमार नेपालहरु सक्रिय बने । त्यसबीचमा बलियो एमाले विभाजित बन्यो ।

    एक दशक भन्दा लामो समय नेकपा एमालेका शक्तिशाली महासचिव रहेका नेता नेपालले पार्टी विभाजन गर्दै एकीकृत समाजवादी नामक दल दर्ता गरे । जसलाई नेकपा एमालेले अहिले ‘अवैध’ पार्टी भनिरहेको छ । आफूहरुले कारबाही गरेको सूचना सभामुखले टाँस नगर्दा नेपालसहितका नेताले नयाँ दल दर्ता गरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध उत्रियो ।

    फेरि एकताको चर्चा

    चुनाव नजिकिएसँगै फेरि वामपन्थी पार्टीहरुबीचको एकताबारे बहस सुरु भएको छ । सोमबार बसेको नेकपा एमालेको पोलिटव्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले वामपन्थी दलहरुबीच गठबन्धन र एकता गर्दै अघि बढ्नु पर्ने बताएपछि यो विषय चर्चामा रहेको छ । ठूलो वामपन्थी दल भएका कारण एमालेले गठबन्धन तथा एकताको पहलपदमी गर्नु पर्ने नेताहरुले बताइरहँदा अर्को वाम पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा समेत वाम गठबन्धन बनाउन दबाब रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

    माओवादीका नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डमाथि वाम गठबन्धन बनाउन दबाब रहेको बताएका थिए ।

    उता नेकपा एमालेका नेताहरुले पनि वामपन्थी पार्टीबीचको एकताबारे बहसलाई तिब्रता दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले मंगलबार पत्रकारसम्मेलन नै गरेर वामपार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका थिए ।

    एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकताको आधार तयार पार्नुपर्ने उनले बताएका छन् । हालका लागि चुनावी गठबन्धनको वातावरण बनाउने र भविष्यमा वामपन्थी दलहरूबीच एकतामा जानुपर्ने उनको भनाइ छ । उनले वैचारिक र सैद्धान्तिक रूपमा एमाले, माओवादी र एकीकृत समाजवादीमा कुनै भिन्नता नभएको भन्दै एकै खालका तीनवटा पार्टी आवश्यक नभएको बताए ।

    गत निर्वाचनलाई आधार मान्दा वामपन्थी दलहरुको मत राम्रो रहेको देख्न सकिन्छ । वामपन्थी दलहरुबीचको विभाजनको फाइदा कांग्रेसलाई पुग्ने निश्चय नै छ । त्यसैले पनि वामपार्टीहरु गठबन्धन गरेर चुनावमा जाँदा फाइदा पुग्ने भुसालको तर्क छ । तर नेताहरूका स्वार्थमा आधारित एकता नटिक्ने इतिहासले देखाएको उनको तर्क छ ।

    कम्युनिस्ट आन्दोलन विभाजित भएको अवस्थामा मात्रै आफ्नो हैसियत देख्ने मानिसहरू वामपन्थी दलहरूबीचको एकताको विरोधमा लागिरहेको पनि भूसालको भनाइ थियो । इमानदार कार्यकर्ताहरूले एकताको तितो अनुभवबाट बिच्किएर विरोध गरेको र उनीहरूलाई प्रशिक्षित गरेपछि त्यो विरोध भने साम्य हुने उनको तर्क थियो ।

    सम्भव छ?

    वामपन्थी दलहरुबीचको एकताबारे बहस भए पनि यसको सम्भावना तत्काल नदेखिएको एमालेकै नेताहरुको भनाइ छ । भुसालले वामपन्थी दलहरुबीचको गठबन्धन र एकताका लागि एमाले ठूलो दल भएको हैसियतमा अग्रसरता लिनु पर्ने बताइरहँदा उनकै दलका अध्यक्ष केपी शर्मा ओलीले भने त्यसलाई अस्वीकार गरिदिएका छन् ।

    सोमबारको पोलिटब्यूरो बैठकमा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी लगातका दल वामपन्थी नभएको बताउँदै आसन्न चुनावमा ती दलहरुसँग गठबन्धन हुन नसक्ने बताए । पार्टी अध्यक्षले यसो भनिरहँदा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल वा एकताको विषय अघि बढ्ने सम्भावना न्यून देखिएको छ । राजनीतिक मुद्दा, विचारमा विवाद भएर तत्कालीन नेकपा विभाजित भएको थिएन । नेताहरुको सत्ता स्वार्थका कारण विभाजन भएका कारण तत्काल त्यो ‘इगो’ समाप्त हुने सम्भावना न्यून देखिएको छ । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन भनेजस्तै घटना क्रम फरक ढंगले विकास हुन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।

    माओवादी नेता गजुरेलले एमालेसँग गठबन्धन गर्ने विषयमा आधारहरू नदेखिएको बताएका छन् । सत्ता गठबन्धन प्रतिगमनलाई रोक्न बनेको र त्यसको खतरा अझै नटरेकाले एमालेसँगको गठबन्धनको आधार नरहेको उनकी भनाइ छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि एमालेसँगको गठबन्धनलाई भन्दा कांग्रेससँगको वर्तमान गठबन्धनलाई चुनावसँग लैजान बढी जोड गरिरहेका छन् ।

    ओलीसँगको टकरावका कारण अहिलेको अवस्था आएको भन्दै ती दलले एमालेको सूर्यमा ‘ग्रहण’ लगाइदिने उद्घोष गरिरहेका छन् । नेताहरुबीचको कटुताका कारण पनि नजिकएको स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने कुरामा नेता कार्यकर्ताले विश्वास गरिरहेका छैनन् ।

    कांग्रेसको चिन्ता

    उता कांग्रेसलाई भने वामपन्थी दलहरुबीच चुनावी गठबन्धन बन्ने त होइन भन्ने त्रासमा रहेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटहरुलाई वामपन्थीहरु मिल्न सक्ने भन्दै चुनावमा अहिले गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताइरहेका छन् ।

    चुनावमा कांग्रेस गठबन्धन नगरि जानुपर्छ भन्दै लबिङ गरिरहेका शेखर कोइरालाले समेत वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताएका छन् ।

    मंगलबार उनले विराटनगर पुगेर नेता कार्यकर्ताहरुको मत गठबन्धन गरेर चुनावमा जान हुँदैन भन्ने रहेको भए पनि २०७४ सालमा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता रहेको बताए । पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पबताइरहेका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम औंल्याए । तर, ओलीको अरु वामपन्थी पार्टीसँग गठबन्धन नहुने अभिव्यक्तिले भने कांग्रेसलाई राहत भएको छ । तर, कांग्रेस पूर्ण रुपमा विश्वस्त हुन सकेको छैन ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान
    ३ घण्टा अघि

  • २

    ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण
    ४ घण्टा अघि

  • ३

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती
    ५ घण्टा अघि

  • ४

    पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी
    ५ घण्टा अघि

  • ५

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    २१ घण्टा अघि

  • ६

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    २२ घण्टा अघि

  • ७

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    १ दिन अघि

  • ८

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    १ दिन अघि

  • ९

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    १ दिन अघि

  • १०

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    २

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ३

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution