
काठमाडौं, हब इन्टरनेसनल एजुकेसन – हब इन्टरनेसनल एजुकेसनले २०२४ को पहिलो आयरल्याण्ड शैक्षिक मेला नेपालमा आयोजना गर्ने जानकारी दिएको छ। मेला आगामी नोभेम्बर १४, २०२४ (बिहीबार) काठमाडौँको हत्तीसारस्थित हब इन्टरनेसनल एजुकेसनको कार्यालयमा आयोजना हुनेछ। यस मेलामा नेपाली विद्यार्थीहरूलाई आयरल्याण्डका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर मिल्नेछ।
आयरल्याण्डले आफ्नो उच्च गुणस्तरको शिक्षा, अध्ययनपछि उपलब्ध कार्य अवसर र स्वागतपूर्ण संस्कृतिका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि आकर्षक गन्तव्यको रूपमा आफ्नो स्थान बनाइसकेको छ। हब इन्टरनेसनलका अनुसार, यस शैक्षिक मेलामा भाग लिने विद्यार्थीहरूलाई भर्ना प्रक्रिया, शैक्षिक कार्यक्रम, र करियरका अवसरहरूको बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त हुनेछ।
मेलामा सहभागी हुने प्रमुख संस्थाहरूमा आयरल्याण्डका प्रतिष्ठित विश्वविद्यालयहरू जस्तै ट्रिनिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज कर्क, मेनोथ युनिभर्सिटी, डब्लीन सिटी युनिभर्सिटी, युनिभर्सिटी अफ गल वे र टेक्नोलोजिकल युनिभर्सिटी अफ श्यानन रहेका छन्। साथै, इन्टरप्राइजेज आयरल्यान्ड र एजुकेशन आयरल्याण्डले यस मेलालाई सहयोग गर्नेछ भने ब्रिटिश काउन्सिल यस कार्यक्रमको आएल्स पाट्नरको रूपमा संलग्न हुनेछ।
उक्त शैक्षिक मेलालाई इन्टरप्राइजेज आयरल्यान्ड र एजुकेशन आयरल्याण्डले सहयोग गर्नुका साथै आएल्स पाट्नरको रूपमा ब्रिटिश काउन्सिल रहेको छ।
आयरल्याण्डमा अध्ययन गर्दा विद्यार्थीहरूलाई भाषा सम्बन्धी कुनै विशेष चुनौतीको सामना गर्नुपर्ने छैन र उनीहरूले उच्च शिक्षा प्राप्त गर्ने साथै अध्ययनपछि कामको अनुभव पनि प्राप्त गर्न सक्नेछन्। यसले भविष्यमा नेपाल फर्केर विभिन्न क्षेत्रहरूमा करियर बनाउने अवसरलाई थप प्रोत्साहन दिनेछ।
नेपाली विद्यार्थीहरूको लागि विश्वस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय करियर निर्माणका अवसरहरूको बारेमा थप जानकारी प्राप्त गर्न चाहनेहरूलाई आगामी शैक्षिक मेलामा सहभागी हुन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे