
एजेन्सी । हालै इरानमाथि भएको अमेरिकी हवाई हमलाको विरोधस्वरूप इरानी संसद ९मज्लिस० ले हर्मुजको खाडी ९क्तचबष्त या ज्यचmगश० बन्द गर्ने प्रस्ताव पारित गरेको छ। यो प्रस्तावमाथि बहुमत सांसदको समर्थन रहेको र तत्काल कार्यान्वयनको तयारी भइरहेको जानकारी इरानी सरकारी समाचार संस्था मार्फत प्राप्त भएको छ।
हर्मुज स्ट्रेट विश्वकै सबैभन्दा व्यस्त तेल यातायात मार्ग मानिन्छ। यो जलमार्ग बन्द हुँदा खाडी क्षेत्रका देशहरूबाट विश्व बजारमा हुने कच्चा तेल आपूर्तिमा गम्भीर असर पर्नेछ। इरानी संसदका सदस्यहरूले अमेरिकाको “आक्रमणकारी र उक्साहटपूर्ण” व्यवहारको कडा विरोध गर्दै, देशको सार्वभौमिकता र सुरक्षा जोगाउन यो कदम अनिवार्य भएको बताएका छन्।
इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीले पनि अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनका अनुसार, यदि अमेरिका आफ्नो गतिविधि रोक्दैन भने इरानले थप कडा कदम चाल्नेछ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूले यस घटनालाई मध्यपूर्वमा तनाव थप चर्काउने संकेतका रूपमा हेरेका छन्। अमेरिकी पक्षले भने आफ्नो हमला इरानी सैन्य संरचनामाथि “सावधानीपूर्वक लक्ष्यित कारवाही” भएको दाबी गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे