
काठमाडौँ । कुवेत सरकारका अनुसार सोमबार कुवेतको विद्युत तथा पानी डिसेलिनेशन प्लान्टमा इरानी आक्रमणमा एक भारतीय कामदारको मृत्यु भएको छ। कुवेतको मन्त्रालयले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मार्फत् भनेको छ, ‘आक्रमणबाट प्लान्टमा ठूलो क्षति भएको छ । अत्यावश्यक सेवा सुचारूका लागि प्राविधिक टोली काम गरिरहेको छ ।’
मन्त्रालयकी प्रवक्ता इन्जिनियर फातिमा अब्बास जोहर हाइताले भने भवनमा खासै ठूलो क्षति नभएको बताएको बीबीसीले जनाएको छ । भारतीय दूतावास वा विदेश मन्त्रालयले अहिलेसम्म घटनाको बारेमा कुनै प्रतिक्रिया दिएको छैन। पश्चिम एसियामा युद्ध सुरु भएदेखि अहिलेसम्म सात जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ र कम्तिमा एक जना बेपत्ता भएको रिपोर्ट गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे