
काठमाडौँ , ३१ वैशाख | नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज (वैशाख ३१) देखि आईपीओ निष्काशन गरेको छ। बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस कम्पनीले उक्त आईपिओ निष्काशन गरेको हो ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यस आईपिओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे