
काठमाडौं ,८ भाद्र । खप्तड लघुवित्त वित्तीय संस्थाले आज बुधबारबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको शेयर मध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी एक लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन भदौ १२ गतेसम्म दिन सकिनेछ । उक्त समयसिमा भित्र आवेदन नपरेमा थप १० दिन समयसिमा थपिनेछ ।
इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे