
काठमाडौँ , २९ भाद्र | सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ ।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
त्यसमध्ये ३ प्रतिशत कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ ।लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ ।
सर्वसाधारणले असोज २ गते सम्म आवेदन दिन पाउँनेछन् ।यदि यो अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म थपिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे