
काठमाडौँ, २१ माघ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आज, सोमबारदेखि आफ्नो पहिलो सार्वजनिक प्रस्ताव (आइपिओ) बिक्री सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले ६० करोड रूपैयाँको पुँजीमध्ये ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओमार्फत निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो।
सो मध्ये १० प्रतिशत अर्थात् १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ। कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ। बाँकी १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे