
काठमाडौँ , ३० वैशाख । भारत र पाकिस्तानबीचको संघर्षका कारण स्थगित भएको आईपीएल २०२५ को बाँकी खेल अब मे १७, २०२५ देखि पुनः सुरु हुने भएको छ। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया बीसीसीआईले परिष्कृत तालिका जारी गर्दै मे १७ देखि जून ३ सम्म १७ खेल आयोजना गर्ने घोषणा गरेको छ। यी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुनेछन्।
परिमार्जित तालिका सार्वजनिक गर्दै बीसीसीआईले प्रेस विज्ञप्तिमा भनेको छ, ‘बीसीसीआई टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउँदा खुशी छ । सरकार, सुरक्षा निकायहरू र सबै सरोकारवालासँग विस्तृत छलफलपछि बाँकी खेल अगाडि बढाउने निर्णय गरिएको हो ।’
प्लेअफ चरण मे २९ देखि सुरु हुनेछ भने फाइनल खेल जुन ३, २०२५ मा कोलकातामा आयोजना हुने निश्चित गरिएको छ। यसअघि, भारत(पाकिस्तान संघर्षका कारण आईपीएलका खेलहरू एक साता स्थगित भएका थिए। अबको तालिका अनुसार, लखनउ सुपर जायन्ट्सले मे १९ र २७ मा सनराइजर्स हैदराबाद र रॉयल च्यालेन्जर्स बैंगलोर सँग खेल्नेछन्। यसका साथै, मे २२ मा गुजरात टाइटन्ससँग अहमदाबादमा खेल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे