
काठमाडौँ, २७ वैशाख — क्रिकेटप्रेमीहरूका लागि दु:खद खबर आएको छ। भारतमा हरेक वर्ष आयोजना हुँदै आएको इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२५ को सिजन रद्द गरिएको छ। आयोजक बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इंडियले सुरक्षा कारण देखाउँदै यो निर्णय गरेको हो।
हाल भारत र पाकिस्तानबीच बढ्दो तनाव, सुरक्षाको अवस्था र सम्भावित खतरा मूल्याङ्कन गर्दै आईपीएल आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षमा आयोजक पुगेका छन्। यसअघि केही खेल सर्ने चर्चा भए पनि अन्ततः सम्पूर्ण सिजन नै रद्द गर्ने निर्णय गरिएको हो।
आईपीएल रद्द भएसँगै खेलाडी, टोली मालिक, विज्ञापनदाता र करोडौँ फ्यान निराश भएका छन्। विदेशी खेलाडीहरूसमेत भाग लिने यो लिगलाई विश्वकै सबैभन्दा चर्चित टी-२० प्रतियोगितामध्ये एक मानिन्छ। बीसीसीआईका अनुसार सबै टोलीलाई निर्णयबारे जानकारी दिइसकिएको छ र टिकट बुकिङ गरिसकेका दर्शकलाई रकम फिर्ता गरिनेछ। आयोजकले परिस्थिती सामान्य भएमा २०२६ मा पुनः ठूलो तयारीसहित आईपीएल आयोजना गरिने प्रतिबद्धता जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे