
काठमान्डौ -निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशको केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने कुरा ग्राहकहरू र सम्बन्धित सबैलाई दुःखका साथ जानकारी गराउँदछौं ।इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत् लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ, प्राधिकरणले विद्युत् कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ’, आइस्पानले जनाएको छ ।
आइस्पानका अनुसार इलाम, बिराटनगर, खोटाङ, गाईघाट, इनारुवा, घरान, दुवही, लहान, डोटी, भैरहवा, ताँडी, बिराटचोक र रगेलि गरी तेह्र स्थानमा जुनसुकै बेला इन्टरनेट काटिने सम्भावना छ ।बक्यौता रकम भुक्तानीका लागि पटक÷पटक आग्रह गर्दासमेत भुक्तानी नभएपछि प्राधिकरणले विद्युत् कटौती गर्न थालेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे