
काठमाडौं — क्यारियर लिफ्टर्सको आयोजनामा तथा साईपाल एकेडेमीको सहकार्यमा अन्तर्राष्ट्रिय शिक्षा उत्कृष्टता प्रदर्शनी सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूले आफ्ना प्रोजेक्टहरू प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूले नवीनतम सोच र प्रविधिको प्रयोग गरी विभिन्न परियोजनाहरू प्रदर्शन गरेका थिए। उच्च शिक्षा संस्थानहरू जस्तै युनाइटेड विश्वविद्यालय, कुमारगुरु संस्थान, मेडिपोल विश्वविद्यालय टर्की, जीएलए विश्वविद्यालय, र डाइ पटिल विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई भविष्यमा अझ उत्कृष्ट कार्य गर्न प्रेरित गरेका थिए।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार वितरण
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा संस्थाहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
पहिलो पुरस्कार (रु. ११,०००) किष्ट कलेजलाई IoT आधारित कृषि परियोजनाका लागि प्रदान गरियो।
दोस्रो पुरस्कार (रु. ५,१००) साईपाल एकेडेमीका विद्यार्थीहरूले प्राप्त गरे।
तेस्रो पुरस्कार (रु. ३,१००) मनासलु वर्ल्ड कलेजलाई प्रदान गरियो।
विशेष पुरस्कार (रु. २,१००) क्यासपियन भ्याली कलेजका विद्यार्थीहरूले प्राप्त गरे।
विद्यार्थीहरूलाई छात्रवृत्ति सुविधा
विद्यार्थीहरूलाई थप प्रोत्साहित गर्न युनाइटेड विश्वविद्यालयले उत्कृष्ट परियोजनाका आधारमा छात्रवृत्ति प्रदान गरेको छ। किष्ट कलेजका विद्यार्थीहरूलाई १०० प्रतिशत, साईपाल एकेडेमीका विद्यार्थीहरूलाई ७० प्रतिशत, र मनासलु वर्ल्ड कलेजका विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ।
प्रदर्शनीले विद्यार्थीहरूलाई नवप्रवर्तनशील सोच र सिर्जनशील क्षमताको उपयोग गर्न थप प्रेरणा प्रदान गरेको आयोजकहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे