• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २७, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

१ दिन अघि
२

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

१ दिन अघि
३

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

१ दिन अघि
४

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

१ दिन अघि
५

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

१ दिन अघि
६

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

१ दिन अघि
७

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

१ दिन अघि
८

सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

१ दिन अघि
९

धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

१ दिन अघि
१०

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

२ दिन अघि
११

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

२ दिन अघि
१२

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
राससप्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (३ साल अघि)

७४ वर्षपछि मुलुकभित्र अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

Gautam Buddha Airport

  • 1,629 Views
  • काठमाडौँ, ८ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरुपमा सञ्चालनमा आएको हो ।

    नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छाँै ।”

    महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ ।

    आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिनुभयो । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।”

    यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ ।

    गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् ।

    आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।

    बिहान ७:४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

    सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।

    विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।

    कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँ विमानस्थललाई २४सँै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।-

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    १ दिन अघि

  • २

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    १ दिन अघि

  • ३

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    १ दिन अघि

  • ४

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    १ दिन अघि

  • ५

    प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य
    १ दिन अघि

  • ६

    चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा
    १ दिन अघि

  • ७

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित
    १ दिन अघि

  • ८

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख
    १ दिन अघि

  • ९

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको
    १ दिन अघि

  • १०

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    २

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ३

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ४

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ५

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ६

    सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution