
एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाका सबै अभिव्यक्तिहरू मिडिया ९छाप्ने, टिभी, अनलाइन० मा प्रकाशित नगर्न कडा चेतावनी दिएको छ। राष्ट्रिय सुरक्षा हवाला दिँदै बंगलादेशको साइबर सुरक्षा निकायले हसिनालाई ‘दोषी र भगौडा’ घोषणा गरेको छ। सरकारले भनाईले देशमा हिंसा र अशान्ति बढाउन सक्ने आशंका व्यक्त गरेको छ।
अन्तरिम सरकारले शेख हसिना र पूर्वगृह मन्त्री असदुज्जमान खान कमाललाई फेरि देश फर्काउन इन्टरपोलको सहारा लिन लागेको छ। पक्राउ आदेश र गिरफ्तारी वारेन्ट इन्टरपोलमा पठाउने तयारी भइरहेको छ।
उता, हसिनालाई मृत्युदण्ड दिइएको निर्णयविरुद्ध उनकी पार्टी आवामी लिगले आज देशव्यापी लागि ‘हड्ताल’ ९बन्द० गरेको छ र प्रधानमन्त्री युनुस र अन्य मन्त्रीहरूको राजीनामा माग गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे