
काठमाण्डौ। गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक उद्योगलाई बैंकहरूले प्रदान गर्ने कर्जा महँगो रहेको बताएकी छन्। उनले नेपालमा करिब १,५०० वटा फुटवेयर कम्पनीहरू रहेको उल्लेख गर्दै तीमध्ये करिब १५० कम्पनी मझौला तथा ४–५ ठूला उद्योग रहेको जानकारी दिइन्।
रानाका अनुसार नेपालका फुटवेयर उद्योगहरूले करिब ५० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन्, जसमा ७५ प्रतिशत महिला श्रमिक संलग्न छन्। नेपालबाट निर्यात हुने कुल जुत्तामध्ये ९० प्रतिशत गोल्डस्टार ब्रान्डका रहेको उल्लेख गर्दै उनले पछिल्ला १० वर्षयता निर्यातमा कठिनाइ देखिएको बताइन्।
उद्योगहरूको मुख्य समस्या बैंकको उच्च ब्याजदर भएको उनको भनाइ छ। उनले उत्पादनमूलक उद्योगलाई दिइने कर्जा र व्यापारिक (ट्रेडिङ) कर्जामा ब्याजदरको भिन्नता हुनुपर्नेमा जोड दिँदै, अहिलेको वित्तीय नीतिले उत्पादनलाई निरुत्साहित गरिरहेको टिप्पणी गरिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे