
काठमाडौँ , ६ माघ । भारतको गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ उत्तरी गोवामा एक द्दठ वर्षीया महिला पर्यटक र उनको प्याराग्लाइडिङ प्रशिक्षकको दुखद दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानीको मृत्यु भएको हो । घटना केरी गाउँमा भएको हो, जहाँ पुणेकी शिवानी डबले र उनको प्रशिक्षक २६ वर्षीया नेपाली नागरिक सुमल नेपाली उडेको केही बेरमै खाल्डोमा खसेका थिए।
केरी पठारमा साँझ ५ बजे दुर्घटना भएको हो । घाइते दुवैको घटनास्थलमै मृत्यु भएको हो । सुमन नेपाली भएको बताइएको छ । यद्यपी उनको ठेगाना खुलाइएको छैन । शिवानी भने भारतकै पुणे निवासी रहेको जनाइएको छ । प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे