
काठमाडौँ, १२ बैशाख । काठमाडौँ महानगरपालिकाले बिजुलीका पोलहरुमा भएका अनावश्यक तारहरु १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले आज एक सुचना जारी गर्दे बिजुली, टेलिफोन, इन्टरनेट तथा केबुललगायतका तारको प्रयोग गरेर सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकाय तथा संघ संस्थाहरुलाई शहरको सुन्दरतामा हस आएको भन्दै ब्यवस्थापन गर्न १५ दिनको समय दिएको हो ।
त्यस्ता तारहरुले आगलागीको जोखिम बढाउने तथा लत्रिएका र चुँडिएका तार सहज आवागमनका लागि अड्चन भएको महानगरेको ठहर छ ।
बिग्रिएको अवस्था सुधार गर्न धेरै पटक महानगरपालिकाले सरोकारवाला कार्यालयका अधिकारीसँग समन्वय बैठक आयोजना गरेपनि अपेक्षा गरिएको समयमा नतिजा नआएपछि पत्राचार पनि भएको जनाएको छ ।
महानगरले १५ दिनभित्र अनावश्यक तार हटाउन र आवश्यक तारलाई संकेत चिन्ह लगाउन आग्रह गरेको छ । सुचना प्रकाशित भएको १५ दिनसम्म पनि कार्यान्वयन नभए १६ औँ दिनमा महानगर स्वयमले तार हटाउने चेतावनी समेत दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे