
काठमाडौँ , १७ भाद्र | ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्म भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ ।
ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको टोलीले आज लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको छ । फुटपाथ ओगटेर सञ्चालनमा रहेको क्वालिटी क्याफे आज नगर प्रहरीको टोलीले भत्काएको थियो ।प्रहरी प्रमुख हाछेथुले फुटपाथ ओगट्नेलाई पत्र नकाटी पनि कारबाही गर्न मिल्ने समेत बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे