
काठमाडौँ, वैशाख ४ । काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको निर्माण एवम् मर्मतकाे काम राति ८ बजेपछि मात्र गर्न निर्देशन दिएको छ। सोमबार महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक निकायको निर्माण एवम् मर्मतकाे काम राति ८ बजेपछि मात्र गर्न निर्देशन दिएको हो।
महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रा समेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे