
काठमाडौं — ताप्लेजुङ सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किलोमिटर सडक विस्तार, कालोपत्रे तथा पुल निर्माणका लागि नेपाल सरकारले चीन सरकारसँग औपचारिक छलफल अघि बढाउने तयारी गरेको छ।
यस सम्बन्धमा परराष्ट्र मन्त्री माननीय आर्जु राणासँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट प्राप्त सिफारिस र लागत अनुमानसम्बन्धी प्रारम्भिक प्रस्ताव मन्त्रीसमक्ष बुझाइएको छ।
परराष्ट्र मन्त्री राणाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। छलफलका क्रममा सडक विभागका ईन्जिनियर कुबेर नेपालीसमेत उपस्थित रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे