काठमाडौँ ,२२ भाद्र | काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा आजबाट सुरु भएको छ ।बसन्तपुरस्थित हनुमानढोकामा बुधबार बिहान ७ .१७ मिनेटको शुभसाइतमा लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो ।ध्वजारोहण कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि सहभागी थिए ।।
आठ दिनसम्म मनाइने इन्द्रजात्रा भाद्र शुक्ल चतुदर्शी र पूर्णिमाको दिन रथयात्रा गर्ने गरिन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो ।
इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा जिल्लामा भगवान इन्द्रको पूजा, आराधना गरी मनाइने चलन रहेको छ ।नेवार समुदायमा यो पर्वको विशेष रुपमा मनाउँने गर्दछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे