
एजेन्सी । भारतको मध्य प्रदेशमा १७ बालबालिकाको मृत्यु भएको घटनामा प्रहरीले खोकीको सिरप बनाउने कम्पनी स्रेसन फार्माका मालिक एस। रंगनाथनलाई पक्राउ गरेको छ।
गत महिना पाँच वर्ष मुनिका ती बालबालिकाले सिरप सेवन गरेपछि मृत्यु भएका थिए। परीक्षणमा थाहा भएको अनुसार, सिरपमा डाइथिलिन ग्लाइकोल नामको खतरनाक रसायन सुरक्षित मात्राभन्दा करिब ५०० गुणा बढी पाइएको थियो।
स्रेसन फार्माको कोल्ड्रिफ सिरप सेवन गरेका बालबालिकामा यो समस्या देखिएको हो। विषाक्त पदार्थ पुष्टि भएपछि भारतका विभिन्न राज्यमा उक्त सिरप प्रतिबन्धित गरिएको छ।
प्रहरीको विशेष टोलीले रंगनाथनलाई चेन्नईमा पक्राउ गरी अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ। त्यसपछि उनलाई मध्य प्रदेशको छिन्दवाडा सारिनेछ।
भारतीय कानुनअनुसार, औषधि बनाउँदा प्रयोग हुने प्रत्येक कच्चा पदार्थ र अन्तिम उत्पादन अनिवार्य रूपमा परीक्षण गर्नुपर्ने व्यवस्था छ। तर, स्रेसन फार्माले यो नियम पालना नगरेको शंका गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे