
काठमाडौं, जेठ १८ । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन् । लोकसभाको निर्वाचन अघि भारतीय प्रधानमन्त्री मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा गएर ध्यान सुरु गरेका हुन्।
उनले बिहीवार स्थानीय समय अनुसार साँझ ६ः४५ बजे ध्यान सुरु गरेका हुन्। नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए । लोकसभा निर्वाचनको सातौं र अन्तिम चरणको मतदान पनि भोलि हुँदैछ । ध्यान अवधिभरी उनले मौनव्रत पनि राख्ने छन्। विवेकानन्द स्मारकमा मोदीको ४५ घण्टा ध्यानका लागि कडा सुरक्षालगायत सबै व्यवस्था मिलाइएको छ ।
सन् १८९२ को अन्त्यतिर समुन्द्र भित्रका चट्टानहरूमा ध्यान गरेका स्वामी विवेकानन्दको सम्झनामा निर्माण गरिएको स्मारकमा प्रधानमन्त्री पहिलो पटक पुगेका हुन् । ध्यानको क्रममा उनले तरल पदार्थको मात्रै सेवन गर्नेछन्। जसमा उनले नरिवलको पानी र अङ्गुरको जुस मात्रै पिउने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे