
काठमाडौँ, २७ वैशाख — भारत सरकारले सामाजिक सञ्जाल ‘एक्स’ (अघिल्लो ट्विटर) मा भारतविरुद्ध झूठा र भ्रामक समाचार फैलाउने ८ हजारभन्दा बढी खाताहरू बन्द गर्न आदेश दिएको छ। ती खाता पाकिस्तानबाट सञ्चालित भएको र भारतको राष्ट्रिय सुरक्षामाथि असर पार्ने प्रकारका सामग्री पोस्ट गरेको आरोप लागेका छन्।
भारतीय सूचना प्रविधि मन्त्रालयका अनुसार ती खाताहरूले हालै भारत–पाकिस्तानबीच बढेको तनावको विषयमा झूठा भिडियो, फोटो र अफवाह फैलाएका थिए। यसले सामाजिक विभाजन बढाउने र जनतामा डर सिर्जना गर्ने काम गरेको मन्त्रालयको दाबी छ।
सरकारले एक्सलाई औपचारिक रूपमा अनुरोध गर्दै ती खाताहरू तुरुन्त हटाउन निर्देशन दिएको छ। साथै, यस्ता नक्कली सूचना नियन्त्रण गर्न प्राविधिक र कानुनी उपाय अपनाइने पनि जनाइएको छ। सञ्चार माध्यमहरूले जनाएअनुसार केही खाता जाँचका क्रममा नक्कली नाम, फोटो र फेक लोकेशनसहित सञ्चालनमा आएका थिए। एक्सले पनि आन्तरिक अनुसन्धान गरिरहेको जनाएको छ।
विशेषगरी युद्ध, आतङ्कवाद र राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा झूठो जानकारी फैलाउने कार्यले गम्भीर असर पार्न सक्छ भन्दै सरकारले आम नागरिकलाई पनि सतर्क रहन अपिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे