
काठमाडौं । भारतीय ग्राहकहरूले नेपालमा डिजिटल माध्यमबाट सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्।साङ्ग्रिला डेभलपमेन्ट बैंकको फोन्पे क्यूआर प्रणालीमार्फत भारतीय डिजिटल वालेटहरू— बिएचआइएम (BHIM), फोनपे, पेटीएम तथा गूगल पे—मार्फत तुरुन्तै भुक्तानी सम्भव भएको छ।
यो सुविधा कार्यान्वयनमा आएपछि अब भारतबाट नेपाल आएका पर्यटक तथा ग्राहकहरूले नेपाली सेवा प्रदायक वा व्यवसायीलाई डिजिटल रूपमा सजिलै भुक्तानी गर्न सक्नेछन्। फोन्पेको अन्तरदेशीय क्यूआर प्रणालीले सीमापार कारोबारलाई थप सहज बनाएको छ।
साङ्ग्रिला डेभलपमेन्ट बैंक र फोन्पेको सहकार्यमा गरिएको यो पहलले नेपाल–भारतबीचको डिजिटल आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। अब नेपालमा कारोबार गर्ने भारतीय ग्राहकहरूका लागि नगद बोक्नु पर्ने झन्झट हट्दै गएको छ।
यस प्रविधिको प्रयोगले डिजिटल कारोबार प्रवर्द्धन गर्नुका साथै दुवै देशका ग्राहकहरूबीचको वित्तीय पहुँचलाई सरल बनाएको भारतीय ग्राहकहरू बताउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे