
काठमाडौँ, ९ चैत । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा सुरत अदालतले दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ। २०१९ मा राहुल गान्धीले मोदी उपनाममा टिप्पणी गरेका थिए, सोही मुद्दामा अदालतले राहुल गान्धीलाई सजाय सुनाएको थियो । सुरतको अदालतले राहुल गान्धी विरुद्ध दायर गरिएको आपराधिक मानहानि मुद्दामा आफ्नो फैसला सुनाएको छ।
जानकारीका अनुसार सजाय सुनाएको लगत्तै राहुल गान्धीले जमानत पनि पाएका छन् । तर, सुरतको अदालतले जमानत नदिने भए राहुल गान्धी उक्त फैसलाविरुद्ध उच्च अदालत जान सक्थे। यस्तो अवस्थामा बढीमा दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । उजुरीकर्ताले अदालतको फैसलाको स्वागत गरेका छन् ।
यसअघि, राहुल गान्धीका अधिवक्ता किरीट पानवालाले गत हप्ता मुख्य न्यायिक मजिस्ट्रेट एचएच वर्माको अदालतले दुवै पक्षको तर्क सुनेर फैसला सुनाउनको लागि मार्च २३ को मिति तोकेको बताए। राहुल गान्धीविरुद्ध आईपीसी धारा ४९९ र ५०० (मानहानि) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसअघि अक्टोबर २०२१ मा, राहुल गान्धी आफ्नो बयान रेकर्ड गर्न सूरत अदालतमा हाजिर भएका थिए।
भाजपा नेता र विधायक र गुजरातका पूर्व मन्त्री पूर्णेश मोदीले राहुल गान्धीको कथित विवादास्पद बयानको बिरूद्ध उजुरी दर्ता गरेका थिए। राहुल गान्धीले २०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा आयोजित जनसभामा यो कथित बयान दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे