
काठमाडौँ, १९ भाद्र । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुगेका छन्। आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेको पाण्डेको टिमलाई स्वागत गर्न नेपाली सेनाका रथी बालकृष्ण कार्की विमानस्थल पुगेका थिए।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित पाँचदिने भ्रमणका लागि नेपाल आएका हुन् ।
नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नै, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् ।
पाण्डेले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्रि शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे