
एजेन्सी । इजरायलको इरानमाथि आक्रमण तीव्र भएपछि भारतले आफ्ना विद्यार्थीहरूको सुरक्षालाई ध्यान दिँदै उनीहरूलाई इरानमै सुरक्षित स्थानमा सारिएको जनाएको छ। भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इरानस्थित भारतीय दूतावासको सहायतामा विद्यार्थीहरूलाई स्थानान्तरण गरिएको उल्लेख गरिएको छ। तर कुन स्थानबाट कहाँ सारियो भन्ने जानकारी भने दिइएको छैन।
विज्ञप्तिमा भविष्यमा अन्य विकल्पबारे छलफल भइरहेको र नयाँ जानकारी भए सार्वजनिक गरिने उल्लेख छ। सरकारी तथ्यांकअनुसार इरानमा करिब १० हजार भारतीय नागरिक र दुई हजारभन्दा बढी विद्यार्थी रहेका छन्।
गत शुक्रबार इजरायलले इरानमाथि पहिलो आक्रमण गरेपछि इरानले जवाफी हमला थालेको हो। सोमबार रातिसम्म आक्रमण जारी रहेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा २२४ जनाको मृत्यु भएको छ भने इजरायलले जवाफी कारबाहीमा एक दर्जनभन्दा बढीको मृत्यु भएको जनाएको छ। हवाई र समुद्री मार्ग दुवैले बन्द गरिसकेका छन्।
भारतले इरान र इजरायल दुवैलाई सम्भावित सहयोगको प्रस्ताव पनि गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे