
काठमाडौँ, २४ भाद्र । एसिया कपको सुपर–४ अन्तर्गत आज आइतबार (सेप्टेम्बर १०) भारत र पाकिस्तान भिड्दैछन् । कोलम्बोको आर प्रेमदासा स्टेडियममा दुवै टोली आमनेसामने हुनेछन् । यस रंगशालामा सन् २००४ पछि पहिलो पटक भारत र पाकिस्तानबीच एकदिवसीय खेल हुँदैछ । पछिल्लो पटक यहाँ दुवै टोलीले एकअर्कासँग खेलेको एसिया कपको खेलमा पाकिस्तानले नै ५९ रनले जितेको थियो । त्यतिबेला सौरभ गांगुली र इन्जमाम उल हक आ–आफ्नो टोलीका कप्तान थिए । यस बाहेक सन् १९९४ मा भएको एउटा खेल पनि निष्कर्षविहीन भएको थियो ।
भारत र पाकिस्तानबीचको यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर २ मा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेलमा भारतीय टोलीले ब्याटिङ गर्ने मौका पाए पनि पाकिस्तानी ब्याट्सम्यान क्रिजमा आउन सकेनन् । वर्षाका कारण इनिङ्स सुरु हुन सकेन ।
सुपर–४ मा पाकिस्तानले एक खेल जितेको छ
पाकिस्तानले सुपर–४ मा एक खेल खेलेको छ । बुधबार लाहोरको गद्दाफी स्टेडियममा भएको खेलमा उसले बंगलादेशलाई पराजित गरेको हो । उसको नजर लगातार दोस्रो जितमा छ । योसँगै सुपर–४ मा भारतीय टोलीको यो पहिलो खेल हुनेछ ।
भारतको सम्भावित प्लेइङ-११
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल/इशान किशन (विकेटकिपर), हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद सिराज।
पाकिस्तानले प्लेइङ–११
बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), फखर जमान, इमाम उल हक, आगा सलमान, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकिपर), फहीम अशरफ, नसीम शाह, शाहीन अफ्रिदी, हरिस रउफ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे