
काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।केही महिनाअघिबाटै चुनावी अभियानलाई तीव्र पारेका शाहले आज आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।शाहले आइतबार उम्मेदवारी मनोनयनअघि २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनको योजना शिक्षा, स्वास्थ्य, संस्कृतिदेखि सुरक्षासम्मको छ।सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।
यस्तो छ प्रतिबद्धता पत्रको पूर्णपाठ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे