
काठमाडौँ । वीरगञ्जमा सुरक्षा अवस्था बिग्रिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। आइतबार साँझ युवाहरूबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि सम्भावित जोखिम रोक्नका लागि आज बिहान ९ः४५ बजेदेखि अर्को सूचना नआएसम्म कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यू वीरगञ्जका चार किल्लाभित्र लगाइएको छ। पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्र कर्फ्यू क्षेत्र तोकिएको छ।
यो समयमा सो क्षेत्रभित्र हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता कुनै पनि गतिविधि गर्न पाइने छैन। प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न र शान्ति–सुरक्षामा सहयोग गरिदिन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे