
काठमाडौँ, १३ पौष ।क्यान कन्सल्टिङ सर्भिसेजले आफ्नो नयाँ शाखा ललितपुरको कुमारीपाटीमा समुद्घाटन गरेको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानका ललितपुर शाखाका अध्यक्ष अरविन्द सिहं, कलाकार रिमा बिश्वकर्मा र थुप्रै शुभचिन्तकहरूको उपस्थितीमा शाखाको समुद्घाटन गरीएको हो।
उक्त शाखाको उद्घाटनमा क्यान कन्सल्टिङ सर्भिसेजका सीईओ हरी खत्रीले बताए, ” क्यानाडा अध्ययनार्थ जान इच्छुक बिद्यार्थीहरुको माग अनुरूप छीट्टै चितवन र इटहरीमा पनि हाम्रो नयाँ शाखा खुल्दैछ। हामीले क्यानाडामा अवस्थित युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरू संग सम्बन्ध स्थापित गरी सत्य तथ्य विषयवस्तुलाई बिद्यार्थी र अभिभावकहरुको माझ प्रस्तुत गरेकै कारण क्यान कन्सल्टिङ सर्भिसेज यो यात्रामा सफल भएको हो।”
क्यान कन्सल्टिङ सर्भिसेजको पुतलीसडक, र बानेश्वरमा यस अघि नै अफिसहरू रहेका छन्।”
क्यान कन्सल्टिङ सर्भिसेजले क्यानाडा केन्द्रित रहेर गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएकोमा समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ इक्यान ललितपुर अध्यक्ष अरविन्द सिहंले
क्यान कन्सल्टिङ सर्भिसेजलाई भबिस्यमा पनि बिध्यार्थी अभिभावकको माझ लोकप्रिय रहन सकोस् भन्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो। मन्तव्य व्यक्त गर्ने क्रममा कलाकार रीमा बिश्वकर्माले पनि क्यान कन्सल्टिङ सर्भिसेजको उतरोत्तर प्रगतिको शुभकामनासमेत प्रदान गर्नु भए को थीयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे