
काठमाडौँ २ कार्तिक | युनिभर्सिटी टिम संग अन्तरकृया बिज एजुकेशनले गठ्ठाघरमा आफ्नो नयाँ शाखा खोलेको छ । एक विशेष समारोहका बीच चर्चित हास्य कलाकार जितु नेपालले शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपाललाई कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको थियो ।
कन्सल्टेन्सीका निर्देशक हरि कार्कीले दीप प्रज्वलन गरी शाखा उद्घाटनको घोषणा गरेका थिए । उद्घाटन समारोहमा बोल्दै हाँस्य कलाकार नेपालले कन्सल्टेन्सीको सफल सञ्चालनको कामना गर्दै कन्सल्टेन्सीको प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिए ।
त्यसैगरी निर्देशक कार्कीले विदेशमा विशेषगरी बेलायत र अष्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीलाई गुणस्तरीय सेवा दिने आश्वासन दिए । उद्घाटन समारोहमा विदेशी विश्वविद्यालयका प्रतिनिधि, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
साथै बिज एजुकेशनको कर्पोरेट अफिस समुद्घाटन संगै Study in UK अवसर र चुनौती बिषयमा केन्द्रीत रहेर युनिभर्सिटी टिम संग अन्तरकृया समेत सम्पन्न गरेको छ। बिज एजुकेशनले सन् २००८ देखि आफ्नो सेवा दिंदै आएको छ ।
बिजले विद्यार्थीका आवश्यकता, सफलता र सन्तुष्टिलाई सुनिश्चित गर्दै अनुभवी र प्रमाणित सल्लाहकारहरूद्वारा उत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षाको लागि विद्यार्थीहरूलाई शीघ्र गुणस्तरीय सेवाहरू सुनिश्चित गर्दै आएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे