
बर्दिया – लुम्बिनी प्रदेशका पर्यटन मन्त्री माननीय प्रचण्ड बिक्रम न्यौपानेज्यूको अध्यक्षतामा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यज्यूको प्रमुख आतिथ्यतामा “घुम्न जाऔं बर्दिया” कार्यक्रमको शुभारम्भ गरिएको छ। बेतहनी स्थित खेल मैदानमा आयोजित उक्त कार्यक्रममा बाग्मती प्रदेश बाहेक अन्य ६ वटै प्रदेशका पर्यटन मन्त्रीहरू, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिना, पर्यटन मन्त्रालयका सचिवहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू र निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको समेत सहभागीता रहेको थियो।
कार्यक्रमको शुभारम्भको अवसरमा मुख्यमन्त्री आचार्यज्यूले लुम्बिनी प्रदेशको संस्कृति र पर्यटनको प्रवर्द्धनमा यस्तो पहलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सबैलाई यसका माध्यमबाट बर्दियाको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ अघि बढ्न आह्वान गरेका थिए। त्यस्तै, पर्यटन मन्त्री न्यौपानेज्यूले नेपालका विभिन्न पर्यटन गन्तव्यहरूको प्रचार-प्रसार र बर्दियामा रहेका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको महत्वलाई उजागर गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताएका थिए।
कार्यक्रममा जिल्ला बर्दियाका प्रमुख जिल्ला अधिकारी श्री रोशन कुमार कठायत, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय बासिन्दा, र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे