
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरी ६ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिएको छ । कम्पनीले सरकारलाई ४१ अर्ब ५९ करोड रुपैयाँ राजस्व बुझाएको छ । टेलिकमको पुस २८ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभामा यस वर्षको मुनाफाबाट प्रतिशेयर ३० रुपैयाँका दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, जो कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत हुन्, ले साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीले मुनाफाभन्दा सेवा गुणस्तरलाई प्राथमिकता दिएको बताइन् । उनले भनिन्, “कम्पनीले सूचना प्रविधिलाई थप प्रभावकारी र गुणस्तरीय बनाउनका लागि फोरजी र एलटीई प्रविधिमा आधारित भोल्टे र एफटीटीएच सेवाको विस्तार र स्तरोन्नतिका कार्यक्रम निरन्तर अगाडि बढाउँदै आएको छ ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे