
काठमाडौँ, ८ बैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालको सातौँ विकेट गुमेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मल्ल १०८ रन बनाएर आउट भएका हुन् । उनलाई आयन खानको बलमा अकिव लियासले क्याच आउट गरेका हुन् ।
१०८ रनको पारी खेलेका मल्लले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरेका थिए ।
यो मल्लको एकदिवसीय खेलमा करियरकै पहिलो शतक हो । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने छैटौं खेलाडी हुन् ।
यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे