
काठमाडौँ , चैत २५ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् । कुल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।
एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेको जानकारी दिए । बहुमत पुर्याउन सभामुखको मत पनि जोडिएको छ । बहुमतका लागि राष्ट्रिय प्रजातन्र पार्टीको साथ पनि चाहिन्छ । राप्रपाका २ सांसद रहेका छन् ।
तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे