
काठमाडौँ, ७ भाद्र । नेत्र विक्रम चन्द “विप्लव” को नेकपा सहित चार दलिय मोर्चाले आव्हान गरेको नेपाल बन्दको असर देशको केन्द्रीय राजधानी काठमाडौंमा भने खासै देखिएको छैन ।उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेका छन् ।
बन्दको क्रममा बन्दकर्ताले कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाइएको प्रहरीले जनाएको छ ।उपत्यकाका विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेको बनेपास्थित चारदोबाटोमा बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको छ ।यहिँ कारणले केहीबेर बनेपा तनावग्रस्त भएको थियो । केही बन्दकर्ता पक्राउ समेत परेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे