
काठमाडौँ, असार ८ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिक रूपमा बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै पहाडी क्षेत्रहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी क्षेत्र, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपात पनि सम्भावित छ।
राति पनि धेरै क्षेत्रहरूमा वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमतीका थोरै स्थानहरूमा धेरै भारी वर्षा हुन सक्छ। यसले गर्दा नदीको जलस्तर बढ्ने, बाढी, पहिरो र भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे