
काठमाण्डौ। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का कार्यकारी निर्देशक प्रो. कृष्णमूर्ति भी. सुब्रमणियनले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नेपालका आर्थिक नीति, वित्तीय क्षेत्रको अवस्था तथा आपसी सहकार्यका विविध पक्षहरूबारे छलफल भएको छ।
यस अवसरमा गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकका हालका गतिविधि तथा रणनीतिक प्राथमिकताहरूको जानकारी गराएका छन् भने सुब्रमणियनले आइएमएफको तर्फबाट नेपाललाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे