
काठमाडौँ, ८ भाद्र । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बताएका छन्। डोजर लिएर सुन्धारास्थित
काठमाडौं मलमा बनाइएको अवैध संरचना भत्काउन पुगेका मेयर शाहले कानुन विपरित बनेका अवैध संरचना साना ठूला कसैलाई पनि नछाड्ने बताएका हुन्।
काठमाडौँ उपत्यकामा निर्माण भएका सबै खाले अवैध संरचना हटाएरै छाड्ने उनको दावी छ ।
काठमाडौँको बबरमहल स्थित जिल्ला अदलातको अन्डरग्राउण्ड पार्किङ पनि प्रयोग नहुँदा यातायातमा सास्ती भएको छ । बाटोको पेटिमै मोटरसाइकल लगायत पार्किङ गर्दा हिडडुल गर्न समस्या पर्दै आएको गुनासो बढेको छ ।
मेयर शाह र काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एवं डीआइजी मीरा चौधरीसहितको टोलीले डोजरको प्रयोग गरेर संरचना भत्काइएको हो। मेयर बालेनले अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ र कसैलाई नछाड्ने चेतावनी समेत दिए ।
काठमाडौंँ महानगरले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना भत्काउन सार्वजनिक सुचना जारी गर्दा पनि अटेर गरेपछि मेयर शाह आफै फिल्डमा उत्रेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे